Logo

प्रतितोला ३ सयले घट्दै ५७ हजारबाट ओरालो लाग्यो सुन, चाँदीमा पनि ८ रुपैयाँ गिरावट

प्रतितोला ३ सयले घट्दै ५७ हजारबाट ओरालो लाग्यो सुन, चाँदीमा पनि ८ रुपैयाँ गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतबार उच्च विन्दुमा पुगेको सुनको मुल्य सोमबार सामान्य रुपमा ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला ५७ हजार रुपैयाँमा कारोवार भएको सुनको मुल्य सोमबार ३ सय रुपैयाँले घट्दै ५६ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा भएको मुल्यको घटवढसँगै नेपालमा पनि मुल्यमा दिनहुँजसो उत्तरचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार चाँदीको मुल्यमा पनि केही गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ८ सय ८ रुपैयाँमा कारोवार भएको चाँदीको मुल्य सोमबार ८ रुपैयाँले घट्दै ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL