Logo

कालिन्चोक दर्शनको आइपीओ बाँडफाँड, ८९ हजार ६४० जनाले पाए सेयर

कालिन्चोक दर्शनको आइपीओ बाँडफाँड, ८९ हजार ६४० जनाले पाए सेयर



काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको प्राथमिक सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीले माघ ३ देखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको सेयर आज बाँडफाँट गरिएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यलय नारायणचौर, नक्सालमा सेयर बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा १४ लाख ७३ हजार ९६९ जना आवेदकहरुबाट १ करोड ६६ लाख ७० हजार ९९० कित्ता सेयरको लागि आवेदन परेको थियो । त्यस मध्ये ८ हजार २०६ आवेदकहरुको आवेदन रद्ध भएकोले १४ लाख ६५ हजार ७६३ जना योग्य आवेदकहरुमध्ये ८९ हजार ६४० जना आवेदकलाई ८ करोड ९६ लाख ४०० कित्ता सेयर बाँडफाँट गरिएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेर बाँफाँट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL