Logo

नेप्सेले गति लिन नसक्दा कारोबार रकममा उच्च गिरावट, अन्यौलमा लगानीकर्ता

नेप्सेले गति लिन नसक्दा कारोबार रकममा उच्च गिरावट, अन्यौलमा लगानीकर्ता



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा सामान्य वृद्धि देखिएको छ । पछिल्ला केहिदिनयता लगातार घटिरहेको बजार आज ४ दशमलव ९७ अंकले बढ्दै २१ सय १६ को विन्दुमा पुगेको हो ।

आज बजार केहि बढेपनि कारोबार रकममा भने हिजोको तुलनामा उच्च गिरावट आएको छ । बुधबार दिनभर २ सय ६१ कम्पनीका ५० लाख २४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९ सय १६ रुपैयाँ पुगेको छ ।

जुन हिजो अर्थात मंगलबार भने पौने ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । यसरी नेप्से परिसुचक केहि बढेपनि कारोबार रकममा आएको उच्च गिरावटले लगानीकर्तालाई झन अन्यौलता थपिदिएको छ ।

आज दिनभर भएको कारोबारमा १ सय १० कम्पनीको सेयरमूल्य बढ्दा आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाँकी ९३ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्