Logo

गल्फ आयलको बितरकमा नेपाल अटो ट्रेड नियुक्त, विक्रीको जिम्मा संचालक कँडेललाई

गल्फ आयलको बितरकमा नेपाल अटो ट्रेड नियुक्त, विक्रीको जिम्मा संचालक कँडेललाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गल्फ लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बितरक नेपाल ल्युब आयल लिमिटेडले ललितपुर जिल्लाका लागि नेपाल अटो ट्रेड प्रालिलाई बितरकको रुपमा नियुक्त गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच नेपाल ल्युब आयलका डाइरेक्टर करण चौधरीले नेपाल अटो ट्रेडका संचालक रामप्रसाद कँडेललाई बितरकको रुपमा नियुक्त गरको घोषणा गरेका छन् ।

ल्युब आयलका डाइरेक्टर करन चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल ल्युब आयलका डीजीएम गंगाराज भट्टराई (प्रकाश), नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने र काठमाडौं उत्तर पूर्वी भेगमा गल्फ आयलको बितरक एभ ट्रेडिङका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देललगायत उपस्थित थिए ।
सो अवसरमा नेपाल ल्युब आयलका मार्केटिङ चिफ ऋतुक शलभले गल्फ आयलको उत्पादन र यसको प्राविधिक पक्षका बारेमा विस्तृत जानकारी प्रदान गरेका थिए ।

गल्फ आयल सन् १९०१ मा अमेरिकाको टेक्सासमा स्थापना भएको हो । विश्वका सय भन्दा बढी देशमा गल्फ लुब्रिकेन्ट्स प्रयोग भइरहेको छ । विश्वका ५० भन्दा बढी देशका ७ सय बन्दरगाहमा गल्फ आयल म्यारिनले कार्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL