Logo

मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पौने ३ अर्बमा सीमित

मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पौने ३ अर्बमा सीमित



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिममा १५.७४ अंकले घटेसँगै २१ सय ११ को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभर २ सय ५९ कम्पनीका ७५ लाख ५३ हजार २ सय ३५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६ रुपैयाँ पुगेको छ ।

आज दिनभरको कारोबारमा १ सय ४८ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ५७ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्