Logo

उच्च अंकले घट्यो नेप्से, २०४ कम्पनीको सेयरमूल्य ओरालो

उच्च अंकले घट्यो नेप्से, २०४ कम्पनीको सेयरमूल्य ओरालो



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंघले घटेको छ । कारोबार समयको सुरुवातिदेखि घट्न सुरु गरेको नेप्से अन्तिममा ४१ अंकले घट्दै २१ सय २७ को विन्दुमा पुगेको हो ।

आज दिनभर २ सय ५६ कम्पनीका ८८ लाख ३६ हजार ४ सय ८८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ३० करोड २२ लाख १ हजार रुपैयाँ नाघेको छ । आज दिनभरको कारोबारमा २ सय ४ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ९ कम्पनीको मात्रै सेयरमूल्य उकालो लागेको छ । जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको सेयरमूल्यमा सर्किट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्