काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक १४.६८ अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिममा दोहोरो अंकले घट्दै २१ सय ६८ को विन्दुमा पुगेको हो ।
आज दिनभर कुल २ सय ६७ कम्पनीका ८२ लाख ७६ हजार ७ सय १५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९ सय ५६ रुपैयाँ पुगेको हो ।
आज दिनभर १ सय ६१ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यीमध्ये ५ कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ ।