Logo

दुई लघुवित्तले घोषणा गरे लाभांश, दुवैको जोड वोनस सेयरमा

दुई लघुवित्तले घोषणा गरे लाभांश, दुवैको जोड वोनस सेयरमा



काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद गरी २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको चुक्ता पुँजी रू १२ करोड १७ लाख ८२ हजार १५० छ ।

साथै सबैको लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस र शून्य दशमलव ९४ प्रतिशत नगद गरी १८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको चुक्ता पुँजी रू २७ करोड छ ।

दुबै लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्