Logo

बजारमा सवै समुहका परिसुचक हरियो, साढे ६ अंकले बढ्दा ९६ करोडको कारोवार

बजारमा सवै समुहका परिसुचक हरियो, साढे ६ अंकले बढ्दा ९६ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजारमा नेप्से परिसुचक ६ दशमलव ५३ अंकले उकालो लागेको छ । बुधबार करेक्सन भएको नेप्से परिसुुचक आज पुन बढेको हो । बजार खुलेदेखि सामान्य बढेको नेप्से परिसुचक अन्तमा १ हजार ४ सय ६४ दशमलव ९१ अंकमा पुगेर अडिएको छ ।

साताको अन्तिम दिन सवै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी अंकले बढेको छ । सो समुहको परिसुचक १ सय १२ अंकले बढ्दा अन्य समुहको परिसुचक भने सामान्य मात्र उकालो लागेको छ ।

बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक २ दशमलव २२ अंकले बढेको छ भने विकास बैंक समुहको परिसुचक ८ अंकले उकालो लागेको छ । अन्य समुहका परिसुचक पनि १० अंकभन्दा कमले नै बढेको छ ।

विहीबार कुल १ सय २९ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल ९६ करोड ६२ लाख रुपैयाँ बरावरको १२ लाख ७१ हजार कित्ता सेयर कारोवार भएको छ ।

बजारमा सवैभन्दा बढी स्ट्याण्डर्ट चार्टड बैंकको सेयर कारोवार भएको छ । स्ट्याण्र्डटको १७ करोड ७३ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड १० लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL