Logo

सिटिसी मलमा द वल्र्ड भिजन मोबाइलको कारोवार सुचारु,स्टक क्लियरेन्समा ३५ प्रतिशत छुट

सिटिसी मलमा द वल्र्ड भिजन मोबाइलको कारोवार सुचारु,स्टक क्लियरेन्समा ३५ प्रतिशत छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिभी मोबाइल प्रालिले सुन्धारास्थित सिटिसि मलमा आफ्नो मल्टिब्राण्ड सोरुम द वल्र्डभिजन मोबाइल प्रालि बाट कारोबार सुरु गरेको छ । कम्पनीले एक बर्ष पछि कारोवार सुचारु गरेको हो ।

गत बर्षको भुकम्प पछि बन्द रहेको सिटिसी मलमा पुनमर्मत पछि द वल्र्डभिजन मोबाइलले आफ्नो मल्टिब्राण्ड सोरुम बाट आकर्षक छुट सहित कारोबार सुरु गरेको हो ।
साथै कारोबार शुरु भएको अबसरमा ग्राहकहरुलाई स्टक क्लियरेन्समा रहेका बिभिन्न मोबाइल कम्पनीका सेटहरुमा ३५ प्रतिशत सम्म छुट तथा छुट अफर सँगै हरेक मोबाइलको खरिदमा स्ट्रिकर कभर पनि फ्रि मा उपलब्ध गराउने द वल्र्डभिजन मोबाइल प्रालिका प्रबन्ध निर्देशक संगम राइले जानकारी दिए ।

द वल्र्डभिजन मोबाइल प्रालिको सोरुममा ९ सय ९९ रुपैयाँदेखि १ लाख २० हजार रुपैयाँसम्म मुल्यपर्ने मोबाइल राखिएको छ । बिभिन्न कम्पनीहरुबाट उत्पादित मोबाइलका बारे जानकारी दिन अलग अलग टेबलबाट सुबिधा प्रदान गरिने, मोबाइलबारे जानकारी दिन सम्बन्धित मोबाइलबारे जानकार सेल्स गल्र्स तथा सेल्स मेनेजर रहने ब्यबस्था पनि मिलाइएको छ ।

ग्राहकहरुलाई एक्सचेन्ज अफर, ६० मिनेट केयर सर्भिस र बजार उपलब्ध सबै किसिमका एशोसरिज एकै ठाउँबाट पाइने ब्यबस्था मिलाएको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

गेटिङ बिगर’ मुल लक्ष्य लिएर अगाडी बढेको सिटिभी मोबाइल समूहले अनलाइनमार्फत मोबाइलको कारोबार गर्ने तथा होम डेलिभरीको समेत ब्यबस्था गरेको छ । यस्तै मोबाइल मर्मतका लागि पनि घरैसम्म लिन जाने र डेलिभरी गर्ने सम्मको सुबिधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL