Logo

बैंक समुह ओरालो लाग्दा साढे ८ अंकले घट्यो नेप्से, करिव १ अर्वको कारोवार

बैंक समुह ओरालो लाग्दा साढे ८ अंकले घट्यो नेप्से, करिव १ अर्वको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक ८ दशमलव ६४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ५३ दशमलव ११ अंकमा पुगेर बन्द भएको हो । सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ओरालो लागेको समग्र सेयर बजार ओरालो लागेको हो ।

मंगलवार बैंक समुहको परिसुचक १५ दशमलव ५३ अंकले ओरालो लागेको छ । त्यस्तै बीमा समुह १५ दशमलव ३९ र अन्य समुह ५ दशमलव ८७ अंकले घटेको छ ।

यता उत्पादन, होटल, विकास बैंक, फाइनान्स तथा जलविद्युत समुहको परिसुचक भने ३४ दशमलव ८७, २६ दशमलव ४२, २ दशमलव १४, ३ र ० दशमलव ८५ अंकले बढेको छ ।
मंगलवार १ सय ३४ कम्पनी कारोवारमा आएका थिए ।

ती कम्पनीको १७ लाख ४० हजार कित्ता सेयरबाट ९९ करोड ९६ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL