Logo

२ सयले बढ्यो सुन, चाँदीमा पनि सामान्य बृद्धि

२ सयले बढ्यो सुन, चाँदीमा पनि सामान्य बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले बढेको छ । सोमवार ५४ हजार ९ सयमा कारोवार भएको सुन आज बढेर ५५ हजार १ सय पुगेको हो ।

सो दिन चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलवार चाँदी प्रतितोला ७ सय ८० रुपैयाँ पुगेको हो । सोमवार चाँदीको भाउ तोलाको ७ सय ७५ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL