Logo

जेम एण्ड ज्वेलरी एक्स्पोको तयारी पूरा,६० वटा स्टल रहने

जेम एण्ड ज्वेलरी एक्स्पोको तयारी पूरा,६० वटा स्टल रहने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मुुलुुकको हस्तकला, सुनचाँदी, रत्न तथा आभुषण क्षेत्रका सम्बन्धित तीन वटै छाता सँगठनहरुद्धारा प्रवद्र्धित “नेपाल जेम एण्ड ज्वेलरी काउन्सील” को तयारी पुरा भएको छ ।

जेठ ७ गतेदेखि होटल याक एण्ड यतिमा हुने एक्स्पोको तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् । एक्स्पो ३ दिनसम्म चल्ने छ ।

एक्स्पोमा व्यापार तथा निर्यात प्रबद्र्धन वmेन्द्र एवं नेपाल सरकारका सम्बन्धित निकाय र नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स आदि मुलुकका निजि क्षेत्रका छाता संगठनहरुको सहयोग र समर्थन रहेको छ ।

६० वटा स्टलहरु रहने एक्स्पोमा मुलुक भरका प्रतिनिधि गरगहना व्यवसायीहरुका साथै विभिन्न मुलुकका ज्वेलर्सहरु पनि सहभागी रहने विश्वास आयोजकको छ ।

एक्स्पो गर्न सरकारी, अर्ध सरकारी र निजी क्षेत्रका सम्बन्धित संपूर्ण संस्था एवं निकायसंग सह–कार्य र समन्वय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL