Logo

दरबार मार्गमा खुल्यो पेट्स्को अत्याधुनिक शो–रुम, अन्तरराष्ट्रिय स्तरका कुकुर पाइने

दरबार मार्गमा खुल्यो पेट्स्को अत्याधुनिक शो–रुम, अन्तरराष्ट्रिय स्तरका कुकुर पाइने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । दरबारमार्गमा पहिलोपटक पेट्स्को शोरुप खुलेको छ । महानगर एनिमल रिसर्च सेन्टर अन्तर्गतको महानगर ग्रूपअफ कम्पनीले दरवारमार्गमा पेटभिल्लाको स्थापना गरेको हो । यो उक्त ग्रूपको तेस्रो शाखा हो ।

आज एक कार्यक्रमबीच नेपाल सरकारका पूर्व सचिव तथा सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले शोरुमको उद्घाटन गरेका हुन् । उक्त शोरुमबाट कुकुरका लागि चाहिने सबैजसो ब्रान्डेड सामानहरुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिष्य स्तरका कुकुहरु पाइने छन् । शोरुममाबाट पेटस् सौखिनहरुले भनेजस्तो कुकुर, बिरालो तथा उनीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सामान दरबार मार्गमा खरिद गर्न पाउने भन्दै खुशी व्यक्त गरे ।

pets food-darbarmarga

१५ वर्षदेखि कुकुर बिरालो तथा उनीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सामाग्रीको कारोबार गरिरहेको रिसर्च सेन्टर अन्तर्गतको महानगर ग्रूप अफ कम्पनीले दरबारमार्गमा महानगर पेट भिल्ला विस्तार गरेको ग्रूपका अध्यक्ष सुरेश कार्कीले बताए । कम्पनीले यस अघि पानीपोखरी र ललितपुरको झम्सिखेलमा पेट सम्बन्धी सम्पूर्ण कारोबार गर्दै आएको छ । केही समयमै उपत्यकाका अन्य स्थान लगायत उपत्यका बाहिर समेत सेवा विस्तार गर्ने योजना रहेको कार्कीले जानकारी दिए ।

दरबारमार्गमा प्राय : सौखिनहरुको चहलपहल हुने स्थान भएकाले अन्य सुविधा उपलब्ध भए पनि कुकुर बिरालोको जात, नश्ल तथा उनीहरुलाई आवश्यक पर्ने सामाग्रीको उपलब्धता थिएन । त्यसैलाई मध्यनजर गर्दै गुणस्तरीय वातारणमा कुकुर पाल्न सहजीकरण गर्ने उद्देश्य अनुरुप शोरुम खोलिएको महानगर पेट भिल्लाका प्रबन्ध निर्देशक जगन्नाथ ढकालले बताए ।

पछिल्लो समय नेपालमा कुकुर पारखीहरु बढ्दै गए पनि पिडिग्री सर्टिफाइड कुकुर पाउन भने कठिन छ । तर, कम्पनीले अमेरिका, बेलायत, रसिया, सर्भिया, हंग्री थाइल्याण्ड लगायत देशबाट पिडिग्री एवं च्याप्पियन लाइनका कुकुरहरु आयात गरि बिक्री वितरण गर्दै आएको छ । हाल कम्पनीले पहिलोपटक हात्तीगौडामा फर्म स्थापना गरेर उच्च गुणस्तरका कुकुर आपूति तथा निर्यात गर्दै आएको अध्यक्ष कार्कीले जानकारी दिए ।

व्यवसायिक रुपमा पनि यसको आकर्षण वढिरहेका वेला सरकारले कुकुर व्यवसायलाई पशुपालनको मान्यता दिई व्यवसायीक रुपमा उच्च नश्लका कुकुर बिरालो उत्पादन एवं निर्यात गरि विदेशी मुद्रा भित्र्याउन सकिने प्रबन्ध निर्देशक ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL