Logo

बोर्डका अध्यक्ष कार्की भन्छन्, पूँजीबजारको बाटो विग्रीएको छ कुनै पनि बेला खाल्टोमा पर्न सकिन्छ

बोर्डका अध्यक्ष कार्की भन्छन्, पूँजीबजारको बाटो विग्रीएको छ कुनै पनि बेला खाल्टोमा पर्न सकिन्छ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बार्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले नेपालमा पूँजी बजारको बाटो राम्रो नभएकाले लगानीकर्ताहरु कुनै पनि बेला खाल्डोमा पर्न सक्ने बताएका छन् । ‘कुनै पनि कुरा द्वुत गतिमा दौडनका लागि बाटो राम्रो चाहिन्छ,’ पत्रकारसँगको कुराकानीमा उनले भने, ‘तर, पूँजीबजारको बाटो त्यति राम्रो छैन कुनै पनि बेला खाल्डामा पर्न सकिन्छ ।’

अर्थतन्त्रको बृद्धिदर नकारात्मकतर्फ गइरहेको बेला त्यसको ऐनाको रुपमा लिएको पूँजीबजार उच्च रुपमा बढ्नु नराम्रो भएको भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरेका हुन् । ‘पछिल्लो समय पूँजी बजारमा बोर्डले अनावश्यक चासो राख्यो भन्ने टिकाटिप्पणी भइरहेको छ,’ उनले भने, ‘बोर्डले कामै लगानीकर्तालाई शुसुचित गराउने हो तसर्थ हामीले अविभावनको भुमिका निर्वाह गरिरहेका छौं ।’

लगानीकर्ताको सुविधाका लागि कम्तीमा ३ वटा बैंक पुर्याउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको जानकारी दिँदै आगामी दिनमा एउटा मात्र बैंकले
क्लियरिङको काम गर्न नसक्ने बताए । ‘बोर्डले नेप्सेको नियमन होइन सुधारका लागि निर्देशन दिँदै आएको छ,’ उलने भने, ‘हाल बोर्डले जति पनि दिर्नेशन दिएको छ पूँजीबजार सुधारको लागि सवै आवश्यक छन् ।’ पछिल्लो समय सीडीएक एण्ड क्लियरिङ हाउसले आफ्नो उद्देश्य अनुरुप काम नगरी नेप्सेको पछाडी लागेर हिडेको आरोप लगाए ।
धितोपत्रको सार्वजनिक निष्काशनदेखि कारोबार हुने अवस्थासम्म करीव ६ महिनाको समय लाग्ने गरेकोमा सो समयावधिलाई २ महिनामा ल्याउन आवश्यक कार्य भैरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL