काठमाडौं । नरायणी अटोले सुजुकीको बलेनो बुकिङ शुरु गरेको छ । एक कार्यक्रमबीच नारायणी अटो विजेशनशबाट उक्त कारको बुकिङ शुरु गरिएको कम्पनीका प्रवन्ध निर्देशक अनुप बरालले बताए ।
सुजुकीको नेपालको लागि आधिकारीक विक्रेता सिजी मोटर कर्पले केही समय अघि उक्त ह्याचव्याक कार नेपाली बजारमा भित्र्याएको थियो । तर, सिजीको आधिकारीक डिलरहरुबाट लञ्च गर्ने नीति अनुसार सार्वजनिक गरी बुकिङ खुला गरिएको उनले जानकारी दिए ।
प्रिमियम कारहरुमा सुजुकि बलेनोमा धेरै विशेषताहरु रहेको कम्पनीले जानकारी दिएको छ । अधिकतम विशेषता भएको प्रिमियम ह्याचब्याक कार नेपाली बजारमा पहिलो चोटी उपलब्ध गराईएको बरालले जानकारी दिए ।
बोलेनोलाई विज्ञहरुबाट उच्चतम सवारी क्षमता, सुरक्षा, इन्धन क्षमता र कम ध्वनि प्रदुशणका लागि तारिफ पाएको छ । यसमा परिष्कृत डिजाइन र उन्नत प्रविधि रहेको छ । यसको आफ्नो वर्गमा उच्चतम इन्धन क्षमता रहेको छ । यसले बजारमा राम्रो प्रभाव पर्ने कम्पनीको विश्वास छ ।
उक्त गाडीको मुल्य २६ लाख ९९ हजार देखि ३४ लाख ४९ हजार रुपैयाँसम्म रहेको छ । बुकिङ शुरु गएको केही समयमै नारायणी अटोबाट ७ वटा बलेनो कार वुकिङ भएको बरालले जानकारी दिए ।