Logo

बैंकिङ समुहले बढायो नेप्से, साढे १७ अंकले बढ्दा ८६करोडको कारोवार

बैंकिङ समुहले बढायो नेप्से, साढे १७ अंकले बढ्दा ८६करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवार नेप्से परिसुचक १२ दशमलव ६८ अंकले उकालो लागेको छ । सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक उच्च रुपमा बढ्दा सेयर बजारमा सकारात्मक प्रभाव पारेको हो ।

सो दिन सेयर बजार १ हजार ४ सय ५४ दशमलव ३५ अंकमा पुगेर बन्द भएको छ । आइतवार उत्पादन समुहको परिसुचक सवैभन्दा बढी ६९ दशमलव ८ बढेको छ । त्यस्तै बीमा समुह १९, बैंक १७ दशमलव ६६, अन्य ५ दशमलव ८७अंकले उकालो लागेको छ ।

त्यसैगरी होटल र बिकास बैंक समुह क्रमशः४ दशमलव ४९ र ४ अंकले बढेको छ । यता जलविद्युत र फाइनान्स समुहको परिसुचक भने ४ दशमलव १८ र ३ दशमलव ६६ अंकले ओरालो लागेको छ ।

आइतवार १ सय २० कम्पनी कारोवारमा आएका थिए ।  ति कम्पनीको १० लाख ६१ हजार कित्ता सेयरबाट ८५ करोड ९३ लाखको कारोवार भएको छ । आइतवार नेपाल बंगलादेश बैंकको सेयर सवैभन्दा बढी ७ करोड ८० लाख कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्
MBL