Logo

५५ हजारबाट ओरालो लाग्यो सुन, चाँदी भने यथावत

५५ हजारबाट ओरालो लाग्यो सुन, चाँदी भने यथावत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको छ । केही सयम प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ओरालो लागेको हो ।

स्थानीय बजारमा सुनको मुल्य घट्दै प्रतितोला ५४ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतवार चाँदीको मुल्य भने यथावत रहेको छ । बजारमा चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ । अघिल्लो साता चाँदीको मुल्य प्रतितोला एकैपटक २५ रुपैयाँले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL