काठमाडौं । इटालियन कम्पनी बेनेलीका मोटरसाइकलहरु नेपालमा बजारमा भित्रिएको छ । बेनेलीको नेपालका लागि आधिकारी विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ उक्त कम्पनीको मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा भित्र्याएको हो ।
कम्पनीले शनिबार एक कार्यक्रम बीच उक्त मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरेको हो । नेपाली बजार र बाइकका पारखीहरुलाई सुहाउने खालको मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा ल्याएको केटीएकमा अध्यक्ष सरोज जेवी राणाले जानकारी दिए । ‘बेनेलीले विश्वबजारमा आफ्नो उपस्थितीलाई बलियो बनाउँदै लगेको छ,’ उनले भने, ‘नेपालमा पनि केही समयभित्रै आफ्नो पकड जमाउने छ ।’
बेनेलीको ३ बटा मोटरसाइकल तथा एउटा स्कुटर नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले १ सय ५० सीसीको स्कुटरदेखि ६ सय सीसीसम्मको मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । जसको मुल्य न्युनतम २ लाख ६५ हजारदेखि १५ लाख ५० हजार रुपैयाँसम्म रहेको छ ।
बेनेली टीएनटी -२५
२ सय ४९ सीसी क्षमताको इन्जिन रहेको यसमा मोटरसाइकलमा सिंगल सिलिन्डर, फोरस्टक इन्जिन, ४ भल्भ, लिक्विड कूल्ड, इलेक्ट्रोनिक फ्युल इन्जेक्शन, ६ गेयर, मोनो शकअब्सर्बर, फ्रन्ट र रियर पेटल डिस्क ब्रेक, १६.५ लिटर क्षमताको फ्युल ट्याङजस्ता विशेषताहरु रहेका छन् ।
बेनेली टीएनटी–३००
३ सय सीसीको यस मोटरसाइकलका फोरस्ट्रक इन्जिन, ८ भल्भ, लिक्विड कूल्ड, इलेक्ट्रोनिक फ्युल इन्जेक्शन, ६ गेयर, ट्विन डिस्क फ्रन्ट ब्रेक र सिंगल डिस्क रियर ब्रेक रहेको छ । १६ लिटर क्षमताको फ्युल ट्याङ भएको यस वाइकले प्रतिलिटर ३० किलोमिटर माइलेज दिने छ । उक्त मोटरसाइकल प्रतिघन्टा १ सय ५४ किमिसम्म स्पीड सम्म चलाउन सकिने छ । जसको मुल्य ६ लाख ८० हजार तोकिएको छ ।
बेनेली टीएनटी – ६००आइ
यस मोटरसाइकलमा ६ सय सीसीको शक्तिशाली फोरस्ट्रक इन्जिन, लिक्विड कूल्ड, डेल्फी इलेक्ट्रोनिक फ्युल इन्जेक्शन, ६ गेयर, ट्विन फ्लोटिङ डिस्क फ्रन्ट ब्रेक र सिंगल डिस्क रियर ब्रेक रहेको छ । यसमा १५ लिटर क्षमताको फ्युल ट्याङ रहेको छ । यसको मुल्य १५ लाख ५० हजारभन्दा बढी रहेको छ ।
बेनेली जेनजेरो १५० (स्कूटर)
१ सय ५० सीसी रहेको यस स्कुटरमा फोरस्ट्रक इन्जिन, फ्रन्ट र रियर डिस्क ब्रेक रहेको छ । जसमा ७ लिटर क्षमताको फ्युल ट्याङ छ । स्कूटरको डिजाइन अत्यन्त आकर्षक रहेको छ । उक्त स्कुटरको बजार मुल्य २ लाख ६५ हजार रुपैयाँ रहेको छ ।