Logo

सामान्य बढ्यो नेप्से, बैंकिङ समुहले बढायो कारोवार

सामान्य बढ्यो नेप्से, बैंकिङ समुहले बढायो कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक सामान्य मात्र बढेको छ । बजार खुलेको केही समय केही उकालो लागेको नेप्से पुनः घट्दै अन्तमा जिरो दशमलव ९८ अंकले बढेको हो ।

विहीबार नेप्से परिसुचक १ हजार ४ सय ४१ दशमलव ६७ अंकमा पुगेर अडिएको छ ।

बजार बैंक, बीमा, उत्पादनमुलक तथा होटल समुहका परिसुचक बढ्दा नेप्से परिसुचकमा सामान्य बृद्धि भएको छ । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक ५९ अंकले बढेको छ भने उत्पादनमुलक समुहको परिसुचक पनि ५६ अंकले बढेको छ ।

यसैगरी बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक भने १ दशमलव ४३ अंकले मात्र बढेको छ । तर, बजारमा विकास बैंक, जलविद्युत, फाइनान्स लगायतका समुहका परिसुचक भने ओरालो लागेका छन् ।

विहीबार अघिल्लो दिनको तुलनामा कारोवार रकममा गिरावट आएको छ । बुधबार १ अर्ब ७ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएकोमा आज ९० करोड ७९ लाख रुपैयाँको मात्र कारोवार भएको छ । बजारमा दिनभर कुल १ सय २७ कम्पनीको १२ लाख ३९ हजार कित्ता सेयर कारोवार भएको छ ।

विहीबार बढी कारोवार हुने कम्पनीको सुचीमा बैंकिङ समुह अघि रहेका छन् । जसमध्ये सवैभन्दा बढी स्ट्याण्डर्ट चाटर्ड बैंकको सवैभन्दा बढी ६ लाख ९६ हजार कित्ता सेयर कारोवार भएको छ । यसैगरी, एसवीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट बैंकको कारोवार बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL