Logo

नेप्से परिसुचक १० अंकले बढ्दा कारोवार १ अर्ब नाध्यो, एभरेष्टको मात्रै २० करोडको विक्री

नेप्से परिसुचक १० अंकले बढ्दा कारोवार १ अर्ब नाध्यो, एभरेष्टको मात्रै २० करोडको विक्री


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एभरेष्ट बैंकको सेयर कारोवार बढ्दा बजारमा १ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदविक्री भएको छ । केही समय यता कारोवार रकम घटेपनि बुधबार एभरेष्ट बैंकको २० करोड ४६ लाख रुपैयाँको सेयर खरिदविक्री हुँदा बढ्न गएको हो ।

बजारमा सिटिजन्स बैंक इन्टरनेशनल बैंकको सेयर खरिदविक्री पनि बढेको छ । तेस्रो त्रैमासिकको वित्तीय वितरण सार्वजनिक तथा यही बैशाखका हकप्रद सेयर दिने घोषणासँगै कारोवार तथा मुल्य बढ्न गएको हो । बुधवार सिटिजन्सको ७ करोड ६० लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

बैंकिङ समुहको कारोवार बढ्दा समग्र नेप्से परिसुचक तथा करोवार रकम बढ्न गएको छ । बजारमा प्रंभाव पर्ने बैंकिङ समुहको परिसुचक १६ दशमलव २३ अंकले बढ्दा नेप्से परिसुचक ९ दशमलव ८८ अंकले बढेको छ । बजार खुलेदेखि बढ्न शुरु गरेको नेप्से परिसुचक १ हजार ४ सय दशमलव ४० दशमलव ६९ अंकमा पुगेर अडिएको छ ।

बजारमा विकास बैंक, फाइनान्स, होटल र अन्य समुहका परिसुचक भने समान्य मात्र बढेका छन् । तर, बीमा र जलविुद्युत समुहको परिसुचक भने सामान्य ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL