Logo

प्रतितोला ६ सयले बढ्यो सुन, चाँदीमा पनि २५ रुपैयाँ बृद्धि

प्रतितोला ६ सयले बढ्यो सुन, चाँदीमा पनि २५ रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य ५५ हजार रुपैयाँ माथी पुगेको छ । केही समय यता प्रतितोला ५४ हजार ५ सयको आसपासमा कारोवार भएको सुन आज ५५ हजार रुपैयाँ पुगेको हो ।

मंगलबारसम्म प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा लामो समय यता चाँदीको मुल्य एकै पटक तोलामा २५ रुपैयाँले बढेको छ । प्रतितोला ५ रुपैयाँदेखि १५ रुपैयाँको हाराहारीमा घटवढ भइरहेको चाँदी आज एकैपटक २५ रुपैयाँले बढेर प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL