Logo

हुण्डाईको नयाँ वर्ष योजना, एउटा गाडीमा ६ लाख ८० हजारसम्म छुट

हुण्डाईको नयाँ वर्ष योजना, एउटा गाडीमा ६ लाख ८० हजारसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नयाँ वर्षको अवसरमा हुण्डाई मोटर खरिदकर्ताको लागि एउटा गाडी खरिदमा ६ लाख ८० हजार रुपैयाँसम्म छुट दिइएको छ । हुण्डाइको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकण्टिनेन्टलले गाडी खरिदमा न्युनतम १ लाख ३२ हजार रुपैयाँदेखि अधिकतम ६ लाख ८० हजार रुपैयाँसम्म छुट उपलब्ध गराएको हो ।

हुण्डाईले उक्त अफर यही अप्रिल ३ देखि मे २ तारिखसम्मका लागि ल्याएको कम्पनीका सेल्स एण्ड मार्केटिङ नायव महाप्रवन्धक रुपेश शर्मा भट्टले जानकारी दिए । ‘कम्पनीले विभिन्न खालका स्किम राखेर ग्राहकमा लागि बचत योजना ल्याएको हो,’ उनले भने, ‘उक्त बचत अफरमा नगद छुट, बीमा, ५ वर्षसम्मका लागि सर्भिस फ्रीलगायत रहेका छन् ।’

उक्त अफरमा प्रायजासो गाडीमा नगद छुट र बीमाको व्यवस्था गरिएको समेत उनले जानकारी दिए । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ल्याइएको उक्त योजना केही समयभित्रै सकिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL