Logo

पशुपतिले दियो ‘कलर यो ड्रिम’का विजेतालाई पुरस्कार, चित्र क्यालेण्डरमा छापिले

पशुपतिले दियो ‘कलर यो ड्रिम’का विजेतालाई पुरस्कार, चित्र क्यालेण्डरमा छापिले


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पशुपति पेन्ट्सले ‘कलर यो ड्रिम’ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरेको छ ।

दुई महिनासम्म संचालन गरिएको यस प्रतियोगितामा आर्किटेक्टहरु, डिजाइनरहरु, कलाकारहरु, विद्यार्थीहरुका साथै व्यावसायिक र शौखिन सबैमा रङ संयोजन गराइएको थियो । साथै उक्त प्रतियोगिता उद्देश्ये रङ समायोजनको ज्ञान वृद्धि गराउनु थियो ।

पेन्ट्सले प्रतियोगिताका ६ जना विजेताहरुलाई नगद ५० हजार रुपैयाँ सहित पुरस्कृत गरेको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको यस किसिमको प्रतियोगितामा सोचेभन्दा बढीको सहभागिता रहेको कम्पनीको भनाई छ ।

प्रतियोगितामा उत्कृष्ट घोषित भई विजयी बनेका सबै ६ वटा रंगिन चित्रहरु पशुपति पेन्ट्सले प्रकाशन गर्ने यस वर्षको क्यालेण्डरमा राखिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL