Logo

वाषिकोत्सवकै दिन सिटिजन्सको ८ करोडको सेयर कारोवार, किन बढ्यो मुल्य र कारोवार ?

वाषिकोत्सवकै दिन सिटिजन्सको ८ करोडको सेयर कारोवार, किन बढ्यो मुल्य र कारोवार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले आफ्नो ९ औं वार्षिकोत्सव मनाइरहँदा बजारमा सेयरको मुल्य तथा कारोवार उच्च रुपमा बढेको छ । बजारमा सिटिजन्स बैंकको सवैभन्दा बढी ८ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ । यसैगरी लगानीकर्ताले प्रतिकित्ता ३१ रुपैयाँ आम्दानी गरेका छन् ।

बैंकले आजमात्रै जारी गरेको तेस्रो त्रैमासिक विवरण अनुसार उल्लेख्य नाफा आर्जन गरेपछि लगानीकर्ताहरु सिटिजन्स प्र्रति आकर्षित भएका हुन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ७२ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो रकम अधिल्लो वषको सोही अवधिको तुलनामा झण्डै ५९ प्रतिशतले बढी हो । त्यसैगरी बाषिकोत्सवको अवसरमा यही बैंशाखमै ५५ प्रतिशत हकप्रद जारी गर्ने घोषणाले लगानीकर्ताहरु अझै बढी आकर्षित भएको देखिन्छ ।

मंगलबार नेप्से परिसुचक २ दशमलव २१ अंकले उकालो लागेको छ । बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से परिसुचक अन्तमा ओरालो लागेको थियो । अन्तमा नेप्से परिसुचक १ हजार ४ सय ३० दशमलव ८१ अंकमा पुगेर अडिएको छ ।

बैंक र होटल समुह उकालो लाग्दा समग्र नेप्से परिसुचक बढ्न गएको हो । बजारमा अरु समुहका परिसुचक ओरालो लागेपनि ती समुहको परिसुुचक भने बढेको छ । जसमा बैंकिङ समुहको परिसुचक ४ दशमलव ७१ अंकले बढेको छ भने होटल समुहको परिसुचक २१ दशमलव ९१ अंकले बढ्न गएको छ । यसैगरी अन्य समुहको परिसचक पनि ५ दशमलव ८७ अंकले बढेको छ ।

बजारमा विकास बैंक, जलविद्युत, बीमा र फाइनान्स समुहका परिसुचक भने ओरालो लागेका छन् । दिनभर कुल १ सय ३३ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल ८२ करोड ३६ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL