Logo

नेप्सेलाई बोर्डको अर्को निर्देशन, सुचिकरण सम्बन्धी छुट्टै नियमावली बनाउ

नेप्सेलाई बोर्डको अर्को निर्देशन, सुचिकरण सम्बन्धी छुट्टै नियमावली बनाउ


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सुचिकरण सम्बन्धी छुट्टै नियमावली तयार गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिर्नेशन दिएको छ । विद्यमान धितोपत्र सुचिकरण सम्बन्धी व्यवस्थालाई समयसापेक्ष सुधार गरी परिवर्तन गर्नुपर्ने भएकाले तत्काल नियमावली तयार गर्न निर्देशन दिएको हो ।

चालू आर्थिक वर्ष भित्रै उक्त नियमावली तयार गरी पेश गर्न निर्देशन दिइएको हो । हाल सुचिकृति संगठित संस्थाहरुको पूँजी धेरै गुणाले बृद्धि भएको र धितोपत्र कारोवार प्रणाली पूर्ण स्वचालित रुपमा गएकोले मौजुदा व्यवस्थाले काम नगर्ने बोर्डको ठहर छ ।

हालको सुचिकरण व्यवस्थाले कम्पनीको यथार्थ मापन गर्न नसकेको समेत बार्डले जानकारी दिएको छ । सूचिकरणको नयाँ व्यवस्था लागू भएसँगै पूँजीबजार र सुचिकृति कम्पनीहरु विकासको यथार्थ जानकारी आउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL