Logo

नेप्सेमा बैंकिङ समुहको हावी, १९ अंकले बढ्दा ९० करोडको कारोवार

नेप्सेमा बैंकिङ समुहको हावी, १९ अंकले बढ्दा ९० करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेप्से परिसुचकमा बैंकिङ समुहको हावी बढ्दै गएको छ । बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक उकालो लागेसँगै समग्र नेप्से परिसुचक उच्च रुपमा बढेको छ ।

सोमबार बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तमा १९ दशमलव १७ अंकले बढेको छ । दिनभर उकालो लागेको नेप्सेपरिसुचक अन्तमा १ हजार ४ सय २८ दशमलव ६० अंकमा पुगेर अडिएको छ ।

दिनभर सवैभन्दा बढी बीमा समुहको परिसुचक उकालो लागेको छ । उक्त समुहको परिसुचक १ सय २३ अंकले बढेको छ । यसैगरी, बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक २१ दशमलव ८५ अंकले बढ्न पुगेको छ । बजारमा अन्य बाहेक सवै समुहका परिसुचक उकालो लागेका छन् ।

विकास बैंक समुहको परिसुचक २० दशमलव ९४ अंकले बढ्दा होटल समुह ३० दशमलव ७७ अंकले उकालो लागेको छ । यसैगरी, फाइनान्स समुह १० दशमलव ८७ अंकले बढेको छ भने जलविद्युत समुहको परिसुचक १४ दशमलव ४७ अंकले उकालो लागेको छ ।

दिनभर कुल १ सय ३३ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल ९० करोड ६७ लाख रुपैयाँ बरावरको १९ लाख ४९ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

बजारमा सवैभन्दा बढी सेयर कारोवार सानिमा बैंकको भएको छ । सोमबार सानिमाको ४ करोड ७१ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ भने नेपाल बैंगलादेश बैंकको पनि झण्डै ४ करोड ५६ लाख रुपैयाँको कारोवार भएको छ । यसैगरी नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको पनि ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL