Logo

विद्युतिय बस ल्याउने योजना छलफलमै, सरकार नै अन्योलमा

विद्युतिय बस ल्याउने योजना छलफलमै, सरकार नै अन्योलमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चीनबाट विद्युतिय(ई) बस ल्याउने बहस अझै पनि छलफलमै सिमित भएको छ । बस खरीदका लागि विभिन्न प्रक्रिया पुरा गरेपनि हालसम्म बस ल्याउने वा नल्याउनेबारे निश्चित भएको छैन । हाल बस ल्याउने वा नल्याउने बारे आन्तरिक छलफल भइरहेको स्थानिय मन्त्रालयका प्रवक्ता पूर्ण चन्द्र भट्टराईले जानकारी दिए ।

बस खरीदका लागि नेपाली तथा चिनीयाँ टोलिले भौगोलिक अध्ययनको प्रतिवेदन बुझाइसक्दा पनि बस ल्याउने वा नल्याउने बारे अन्योल रहेको देखिएको हो ।
दुई राष्ट्रबीचको खरीद प्रक्रिया भएकोले विभिन्न कानुनी पाटोले गर्दा समय लाग्ने उनले जानकारी दिए ।

त्यस्तै विद्युतीय बस ऋण सहयोगमा लिने वा अनुदानमा लिने बारे छलफल भइरहेको भट्टराईले जानकारी दिए । चीनसँग अनुदानमा भन्दा खरीद गर्ने बारे चर्चा भएको उनले बताए । बस ल्याउनेबारे सहमती भएको अवस्थामा आगामी आर्थिक बर्षको बजेटमा सम्वोधन गरिने बताइएको छ ।

महानगरपालिकाले नेपाली र चिनीयाँ टोलीले गरेको सडक अध्ययनको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय विकास मन्त्रालयमा बुझाइसकेको थियो । तर मन्त्रालयबाट प्रतिक्रिया नआएको भन्दै पून प्रतिबदेन बुझाएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

‘हामीले सडकको अध्ययनको प्रतिवेदन सहित निवेदन पून मन्त्रालयमा पठाएका छौं,’ उनले भने ‘मन्त्रालयबाट स्वीकृति पाउनासाथ काम थप काम शुरु गर्नेछौं ।’

चीनले नेपाललाई २० ओटा बस अनुदानमा दिने र नेपालले १० ओटा किन्न सहमती भएको थियो । सोहि अनुरुप काठमाडौं महानगरपालिका चीनले अनुदानमा दिन लागेको विद्युतीय बस ल्याउने तयारी थालेको थियो ।

भारतीय नाकाबन्दीमा इन्धन आपूर्तीमा समस्या भएको भन्दै चीनले नेपाललाई स्थानीय विकास मन्त्रालयमार्फत त्यस्त बस दिन लागेको थियो । तर नाकाबन्दी खुलेपछी सो विषय सेलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL