Logo

अप्रिलीआको नयाँ बर्ष योजना,२० हजारसम्म नगद छुट

अप्रिलीआको नयाँ बर्ष योजना,२० हजारसम्म नगद छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अप्रिलीआको आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनले मोटरसाईकल खरिदमा नयाँ वर्षको अवसर पारेर नयाँ वर्ष नयाँ सोच नामक उपहार योजना ल्याएको छ । उपहार योजना अन्तर्गत मोटरसाईकल खरिद गर्दा उपभोक्ताले न्युनतम रु. १० हजार देखि अधिकतम २० हजार सम्म नगद छुट कुपन प्राप्त गर्नेछन् ।

यो उपहार योजना अप्रिलिआको एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो मा मात्र लागु हुने बताइएको छ ।

यी मोटरसाईकलहरु १५० सिसि क्षमताको रहेको छ । एसटिएक्स रोड बाईक पिच रोडको लागि आकर्षक मानिनेछ भने इटिएक्स इन्ड्युरो जस्तोसुकै अप्ठ्यारोमा पनि सजिलै कुदाउन सकिने हुँदा कच्ची बाटोको लागि सर्वश्रेष्ठ मानिएको छ । कम्पनीले यस अवसरमा मोटरसाईकलमा फाईनान्स तथा एक्सचेन्जको समेत सुविधा उपलब्ध गराएको जानकारी दिएको छ । अप्रिलिआको सबै पार्टस्, पुर्जा यसको बिक्रि कक्षहरुमा सहजै प्राप्त गर्न सकिनेछ ।

हाल अप्रिलिआको उपत्यकामा सानो गौचरणमा एक बिक्रि कक्ष रहेको छ भने यस महिना भित्र नै उपत्यकाको कालिमाटी तथा उपत्यका बाहिर विर्तामोड र इटहरीमा समेत बिक्रि कक्ष खुल्न लागेको छ ।

अप्रिलिआ बाईकलाई रेसिंगका हस्ती भ्यालिन्टीनो रोसी, जर्ज लोरेन्जो, केसी स्टोनरले समेत रेसिङ्गमा प्रयोग गरिसकेका छन् । अप्रिलीआ बाइकले हालसम्म मोटरसाइकल रेसिङ्ग विश्व च्याम्पिसयनसिपमा ५४ वटा मेडल जितिसकेको छ ।

जे एण्ड जे ले निकट भविष्यमानै अप्रिलिआ आरएस ४ १२५ नामक मोटरसाईकल ल्याउन लागेको जानकारी दिएको छ । यस अघि कम्पनीले ७५० सिसि क्षमताको अप्रिलिआको डोरसोडुरो ७५० एबिएस मोटरसाइकल नेपाली बजारमा भित्र्याईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL