बिजखबर संवादादाता
२९ मंसिर, काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले सेयरधनीलाई १४ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ
बैंकले ६ प्रतिशत बोनस सेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको उक्त प्रस्तावलाइ नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको बैंकले जनाएको छ ।
सो लाभांश वितरणको प्रस्ताव बैंकको आगामी साधारणसभाले स्वीकृत गरेपछि मात्रै वितरण गरिने छ । बोनस सेयर वितरणसँगै पछि बैंकको चुक्तापूँजी ३ करोड ८४ लाख रुपैयाँ थपिने छ ।