Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार



काठमाडौं । साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । सोमबार कारोबार समयको सुरुवातिदेखि उकालो लाग्न सुरु गरेको नेप्से परिसुचक अन्तिममा १६.९७ अंकले बढ्दै १९ सय २ को विन्दुमा पुगेको हो ।

आज बजारमा कुल २ सय ४५ कम्पनीका ४४ लाख ७० हजार ६ सय २५ कित्ता किनबेच हुँदा कारोबार रकममा पनि सुधार आई १ अर्ब ३६ करोड ६० लाख १० हजार रुपैयाँ नाघेको छ ।

आज बजारमा कारोबार भएकामध्ये १ सय ५८ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ४१ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यस्तै आज सेयरमूल्य बढेका कम्पनीमध्ये समिट लघुवित्त र सिवाईसी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

प्रतिक्रिया दिनुहोस्