Logo

३२ अंकले घट्दै १९ सयबाट तल ओर्लियो नेप्से, १ अर्ब १० करोड बढीको कारोबार

३२ अंकले घट्दै १९ सयबाट तल ओर्लियो नेप्से, १ अर्ब १० करोड बढीको कारोबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३१.९१ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तिममा करिव ३२ अंकले घट्दै १८ सय ८५ को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभर भएको कारोबारमा २ सय ५३ कम्पनीका ३५ लाख १२ हजार ८ सय ३४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ पुगेको छ ।

आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र समिट लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा नाडेप लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा भने नकारात्मक सर्किट ब्रेकर लागेको नेप्सेले जानकारी दिएको छ । आज २५ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १ सय ८० कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्