Logo

नयाँ वर्षलाई नेप्सेको स्वागत, परिसुचक १४ सय अंक माथी

नयाँ वर्षलाई नेप्सेको स्वागत, परिसुचक १४ सय अंक माथी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नयाँ बर्ष २०७३ को शुरुवातसँगै नेप्से परिसुचक उच्च रुपमा उकालो लागेको छ । नयाँ वर्षपछिको पहिलो दिन नेप्से परिसुचक १७ दशमलव १५ अंकले बढेको छ । पहिलो पटक नेप्से परिसुचक १ हजार ४ सय अंक माथी पुगेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ४ सय ५ दशमलव ७८ अंकमा पुगेर अडिएको छ ।

नयाँ वर्ष पछिको पहिलो दिन सवै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ५८ दशमलव ५६ अंकले बढेको छ । यसैगरी बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक १७ ९६ अंकले बढेको छ ।

यसैगरी, विकास बैंक समुहको परिसुचक २४ अंकले बढ्दा फाइनान्स समुह ११ दशमलव ५६ अंकले उकालो लागेको छ । बजारमा उत्पादनमुलक समुह ३२ र होटल समुह २१ अंकभन्दा बढीले उकालो लागेको छ ।

बजारमा नेप्से परिसुचक उकालो लाग्ने क्रम बढेपनि कारोवार रकम भने त्यस अनुरुप बढ्न सकेन । दिनभर कुल ५५ करोड ९६ लाख रुपैयाँको सेयर कारोवार भएको छ । कुल १ सय २७ कम्पनीको ११ लाख ५४ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

विहीबार सवैभन्दा बढी नेपाल दुरसंचार कम्पनीको सेयर कारोवार भएको छ । टेलिकमको ३ करोड ९३ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । यसैगरी, दोस्रोमा नविल बैंकको ३ करोड ४९ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ भने नेपाल बैंकको ३ करोड ३० लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL