काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागिरहेको नेप्से परिसुचक अन्तिम समयमा १६.६१ अंकले घट्दै १९१७ को विन्दुमा पुगेर रोकिएको हो ।
आज दिनभर भएको कारोबारमा २ सय ४६ कम्पनीका ८० लाख ९२ हजार ७ सय १९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार रुपैयाँ माथि पुगेको छ । आज दिनभरको कारोबारमा ३७ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १ सय ५९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।