Logo

बैंक र होटल समुह उकालो लाग्दा नेप्सेमा सामान्य बृद्धि, कारोवार रकम घट्यो

बैंक र होटल समुह उकालो लाग्दा नेप्सेमा सामान्य बृद्धि, कारोवार रकम घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचक सामान्य बढेको छ । बजार खुलेको केही समय उच्च रुपमा बढेपनि अन्तत १ दशमलव ४३ अंकले मात्र उकालो लागेको छ । दिनभर उत्तरचढाव भएको नेप्से परिसुचक अन्तमा १ हजार ३ सय ८३ दशमलव ८५ अंकमा पुगेर अडिएको छ ।

बजारमा बैंकिङ र होटल समुहको परिसुचक बढ्दा समग्र नेप्से परिसुचक उकालो लागेको हो । बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुह ३ अंकले बढेको छ भने होटल समुह २१ अंकले उकालो लागेको छ । बजारमा अन्य समुहको परिसुचक पनि सामान्य बढेको छ ।

सोमबार बीमा, जलविद्युत, विकास बैंकलगायतका समुह भने ओरालो लागेका छन् । ती समुहको परिसुचक पनि सामान्य मात्र घटेका छन् ।

बजारमा अधिल्ला दिनको तुलनामा करोवार रकममा पनि गिरावट आएको छ । दिनभर कुल १ सय २७ कम्पनीको ४६ करोड ८३ लाख रुपैयाँ बरावरको सेयर मात्र करोवार भएको छ । बजारमा कुल ७ लाख ९५ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL