Logo

ललितपुर मलले न्यू इयर मेला आयोजना गर्दै, प्रत्येक दिन हात खाली नजाने पुरस्कार

ललितपुर मलले न्यू इयर मेला आयोजना गर्दै, प्रत्येक दिन हात खाली नजाने पुरस्कार


बिजखबर संवाददाता
27
Shares

काठमाडौ । ललितपुर मलले नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि मेलाको आयोजना गर्न लागेको छ । मलले ग्राहकहरुको रुचीलाई ध्यानमा दिएर छुटै छुट र उपहारको वर्षा सहित न्यू ईयर मेला २०७३ को आयोजना गर्न लागेको हो । मेला वैशाख १० गतेसम्म चल्ने छ ।

मलमा प्रत्येक सामग्री खरीदमा हात खाली नहुनेगरी छुट राखिएको ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले बताए । हरेक प्रकारका सामाग्रीको खरिदमा ४० प्रतिशतसम्मको छुट तथा सो अवधिभर मलमा आउने ग्राहकहरुले ३ वटा स्मार्टफोन जित्न सक्ने जानकारी दिए । कुपनको आधारमा दैनिक तीन जनाले लक्की ड्रमार्फत उपहार जित्न सक्नेछन् ।

त्यसैगरी मलमा नै रहेको ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालनमा रहेको र सूपथ मूल्यमा ब्राण्डेड स्मार्टफोनहरु मात्र बिक्री गरिरहेको बताए । मलले आयोजना गर्ने मेलासँगगै सबैभन्दा ठूलो मेलाको रुपमा मोबाइल एक्सपो पनि शुरु भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

मलले नयाँ वर्षको अवसरमा मोबाइल एक्स्पो, फुड फेस्टिभल, फेसन वेयर एक्स्पो, म्यूजिकल कन्सर्टलगायतका कार्यक्रम आयोजना गर्दैछ । मेलाको अवसरमा गरिने मोबाइल एक्सपोको अवसरमा हरेक मोबाइलको खरिदमा ४० प्रतिशतसम्मको छुट दिइनेछ । त्यस्तै विभिन्न एसेसरिजको खरिदमा, फोन रिपेयर, फोन एक्सचेन्जमा पनि विशेष छुट राखिएको बताइएको छ ।

मेलामा हरेक ब्राण्डको मोबाइल खरिदमा स्टीकर, सेल्फी स्टिक, कप, ब्लूटूथ स्पीकर, मोबाइल कभर, ब्याग, एरुनको पावरब्यांक लगायतका उपहार राखिएको छ । त्यसैगरी मेलाको अवधिभर ललितपुर मलमा कुनै पनि सामाग्री खरिद गर्न आउने एस. एस. सी. दिएर बसेका विद्यार्थीहरुको लागि विशेष छुट दिईनेछ । मेलामा विभिन्न मुलुकहरुका खानाका भेराईटिहरु राखिनेछन् ।

फुट फेस्टिभल अन्तरगत नेपाली खाना, नेवारी खाना, चाईनिज फूड, कन्टिनेन्टल फूड आईटमहरु खानाका पारखिहरुलाई पस्किनेछ । त्यसैगरी ललितपुर मलमा रहेको कलर प्लस कस्मेटिकले नयाँ वर्षको हषोल्लासपूर्ण अवसरमा ट्याग एण्ड वीन कन्टेस्ट ल्याएको छ ।

यो कन्टेस्ट अन्र्तगत कसैले पनि डब्लुडब्लुडब्लु डट फेसबुक डट कम स्ल्यास कलरप्लस कस्मेटिकमा गई आफ्नो फोटो कुनै कस्मेटिक सामानसँग सेल्फी लिई पोस्ट गर्न सक्नेछ । जसमध्ये पहिले पोस्ट गर्ने १०० जना र ५० अन्य लक्की पोस्टरले कलरप्लस न्यू ईयर भौचर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL