Logo

बैंक र उत्पादन समुहले बढायो नेप्से, ५ अंकले बढ्दा ६७ करोडको कारोवार

बैंक र उत्पादन समुहले बढायो नेप्से, ५ अंकले बढ्दा ६७ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ५ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ८२ दशमलव ४२ अंकले उकालो लागेको छ ।

आइतवार सेयर बजारमा बढी प्रभाव रहेको बैंक तथा उत्पादन समुहको परिसुचकमा बृद्धि हुँदा समग्र बजार उकालो लागेको हो । सो दिन उत्पादन समुहको परिसुचक सबैभन्दा बढी २१ दशमलव १७ अंकले बढेको छ ।

त्यस्तै बैंक समुहको १० दशमलव ७३ र फाइनान्स तथा अन्य समुहको परिसुचक क्रमशः १ दशमलव ४४ र १ दशमलव १८ अंकले बढेको छ । यता बीमा,होटल,जलविद्युत तथा विकास बैंकको परिसुचक भने क्रमशः ४६ दशमलव १५, ५ दशमलव ६१,४ दशमलव ९७ र १ दशमलव ५८ अंकले उकालो लागेको छ ।

सो दिन १ सय ३० कम्पनी कारोबारमा आएका थिए । ११ लाख २७ हजार कित्ताबाट ६७ करोड ३४ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL