Logo

एभेन्जरको तीन नयाँ मोडल बजारमा, मूल्य २ लाख ५० हजारदेखि २ लाख ९५ हजार

एभेन्जरको तीन नयाँ मोडल बजारमा, मूल्य २ लाख ५० हजारदेखि २ लाख ९५ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजाज मोटरसाईकलले एभेन्जर २२० क्रुसि, २२० स्ट्रीट र १५० स्ट्रिट गरी तीन नयाँ मोटरलाइकल सार्वजनिक गरेको छ । एभेन्जर २२०मा क्लासिक क्रुजर कम्फर्ट र लुकलाई यथाव राखेको छ । सबै नयाँ एभेन्जर स्ट्रिटको रेन्ज सजिलो शहरी सवारीको लागि डिजाइन गरिएको छ ।

एभेन्जर स्ट्रिट १ हजार ५सय सिसि प्रयोगकर्ताको बढ्दो जमातलाई वास्तविक क्रजरको अनुभवप्रदान गर्न एभेन्जर स्ट्रिट १सय ५० ल्याइएको बताइएको छ ।
एभेन्जर २०० क्रुज नयाँ रेडिएटर, रिडिजाइन्ड साईड ग्रयाब्स, स्टाइलाइज्ड साइलेन्सर र नयाँ ह्याण्डलबारका साथ आउँदा यसको क्रोम हाइलाइट भएको छ ।

यसमा मल्टिपल स्टाइल इन्हयान्समेन्ट र क्यु छ । राजमार्गमा सजिलो सवारीको लागि एभेन्जर २२० क्रुज सविधाजनक प्याडेड ब्याकरेस्ट र अप्सनल विन्डसिल्डका साथ आउँछ ।

एभेन्जर २२०को बनावट स्टिलको छ जसमा म्याट कालो र सिल्भर फिनिस रहेको छ । १ सय ५० स्ट्रिटको डिजाइन ब्लु रंगमा उपलब्ध छ । त्यस्तै मस्कुलर एलोइ ह्विलले यसको बनावटलाई स्पोर्टी र जवान बनाएको छ ।

एभेन्जर स्ट्रिटको नयाँ होचो र समतल ह्याण्डलबारले शहरी क्षेत्रमा बाइक चलाउँदा सहजनता महशुस हुन्छ । एभेन्जर २२०–२२० सिसि डिटिएसआई इन्जिनका साथ आउँछ जसले उत्कृष्ट पर्फमेनस दिन्छ ।

हन्सराज हलासचन्द कम्पनी प्रा.लिका कार्यकारी निर्देशक शेखर गोल्छाले सधैं विशिष्ट प्रडक्ट डिजाइन र उच्च इन्जिन प्रविधिमा केन्द्रित भएकोले बजाजले सधैं बजारमा वर्चश्वकायम गर्नु सकेको बताए । एभेन्जर शुरुको मूल्यका साथ देशभरिका बजाजका आउटलेटहरुमा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार एभेन्जर २२० क्रुजको मूल्य रु.२ लाख ९४ हजार, एभेन्जर २२० स्ट्रिटको रु.२ लाख ८५ हजार र एभेन्जर १५० स्ट्रिटको रु. २ लाख ५० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL