Logo

आईएमई घर जाने हर्षको पहिलो विजेतामा श्रेष्ठ, दुईतर्फी टिकट निःशुल्क

आईएमई घर जाने हर्षको पहिलो विजेतामा श्रेष्ठ, दुईतर्फी टिकट निःशुल्क


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमईको घर जाने हर्ष’ योजनाको विजेता घोषणा गरिएको छ । सो योजना अन्तर्गत जापानमा बस्दैआएका विजय श्रेष्ठ विजेता भएका छन् । क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा सो योजनामा गोलाप्रथामार्फत श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठले जापान – नेपालका लागि एउटा राउन्ड ट्रिप टिकेट जितेका छन् । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि अप्रिल १ देखी लागु हुने गरी ३ महिने योजना ल्याएको हो ।

यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्नुहुने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ‘ड’«मा सहभागी भई हरेक हप्ता जापान – नेपालका लागि रोउन्ड ट्रिप टिकेट जित्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL