काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेप्सेमा सूचीकृत ८७ कम्पनीलाई मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीमा राखेको छ । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूची नै सार्वजनिक गरेको हो ।
योग्य कम्पनीको सूचीमा नागरिक लगानी कोष, २९ ओटा लघुवित्त कम्पनी र ४ जीवन बीमा कम्पनी परेका छन् ।
यस्तै ८ विकास बैंक, ५ फाइनान्स, १३ जलविद्युत कम्पनी र १७ ओटा वाणिज्य बैंकहरु पनि मार्जिक कारोबार गर्न योग्य कम्पनीको सूचीमा परेका छन् ।


