Logo

सुजुकीले ल्यायो नयाँ वर्ष विशेष योजना,३ लाख रुपैयाँसम्म नगद वचत गर्न सक्ने अवसर

सुजुकीले ल्यायो नयाँ वर्ष विशेष योजना,३ लाख रुपैयाँसम्म नगद वचत गर्न सक्ने अवसर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सुजुकी मोटरको नेपालका लागि आधिकारिक विक्रेता सिजि मोटोकर्पले नयाँ वर्षको अवसरमा ‘ह्याप्पी न्यू कार’ योजना ल्याएको छ । यस योजना मार्फत ग्राहकलाई ३ लाख रुपैयाँसम्म नगद वचत गर्न सक्ने अवसर प्रदान गरेको छ ।

सो योजनामा ग्राहकले शुन्य दशमलव ५ प्रतिशतको न्युन ब्याजदरमा फाइनान्स सुविधा पाउन सक्ने बताइएको छ । त्यस्तै कार किन्दा लाग्ने सडक दस्तुर र नामसारी शुल्क पनि कम्पनी आफैंले व्यहोर्ने जानकारी दिएको छ।
यो योजना २०१६ मोडलका सुजुकी एसक्रश, सियाज, डिजायर, सेलेनो, वागन आर, अल्टो के १०, अल्टो, स्वीफ्ट लगायतका गाडीहरुमा उपलब्ध गराएको छ ।सुजुकीको मुलुकभर विभिन्न २६ शहरका ३० वटा आधिकारिक बिक्री कार्यालय र २० वटा सर्भिस सेन्टर छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL