Logo

धितोपत्र दलालाई बोर्डको चेतावनी, समयमै राफसाफ गर्न निर्देशन

धितोपत्र दलालाई बोर्डको चेतावनी, समयमै राफसाफ गर्न निर्देशन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र दलाललाई समयभित्रै राफसाफ गर्न दिर्नेशन दिएको छ । केही दलालहरुले समयमै राफसाफ नगरेको गुनासो आएपछि बोर्डले उक्त निर्देशन दिएको हो ।

बोर्डमा क्रिष्टल कंजनजंघा सेक्यूरिटिज, कालिका सेक्यूरिटिज र प्राइमो सेक्यूरिटिजमार्फत लगानीकर्ताले समयमै राफसाफ नभएको गुनासो आएपछि सो निर्देशन दिइएको बोर्डका सहायक प्रवक्ता डा. नवराज अधिकारीले बताए । साथै, उक्त दलाल कम्पनीमार्फत भएका कारोवारको रकम फछर्यौटको स्थलगत निरीक्षण गरेकोमा सम्बन्धित धितोपत्र दलाल व्यवसायीहरुले ग्राहकलाई तोकिएको समयावधिमा भुक्तानीगर्न नसकेको भेटिएको हो ।

आगामी दिनमा बिक्री वापतको रकमको भुक्तानी तोकिएको समयावधिमै गर्न ध्यानाकर्षण गराउदै अन्य सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई समेत सचेत हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL