Logo

२ अंकले बढ्यो नेप्से, साढे ५५ करोडको कारोवार, बीमाका लगानीकर्ताले कमाए

२ अंकले बढ्यो नेप्से, साढे ५५ करोडको कारोवार, बीमाका लगानीकर्ताले कमाए


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक २ दशमलव १६ अंकले बढेको छ ।  सो दिन सेयर बजार १ हजार ३ सय ७७ दशमलव ४२ अंकमा पुगेर बन्द भएको हो ।

मंगलवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ३९ दशमलव २२ अंकले उकालो लागेको छ । सो दिन फाइनान्स समुह ८ दशमलव ४४ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक १ दशमलव ३३ अंकले बढेको हो ।

त्यस्तै उत्पादन समुह ० दशमलव ६२ अंकले बृद्धि भएको छ ।

यता जलविद्युत,होटल,अन्य र विकास बैंक समुहको परिसुचक भनेक्रमशः ९ दशमलव ७५,७ दशमलव ९८,१ दशमलव १८ र ० दशमलव ३५ अंकले ओरालो लागेको छ ।

१ सय २३ कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको ९ लाख ७९ हजार कित्ता सेयरबाट ५५ करोड ६० लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL