Logo

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । केही समय यता ओरालो लाग्दै प्रतितोला ५४ हजार रुपैयाँ भन्दा तल झरेको सुनको मुल्य आज पुनः ५४ हजारभन्दा माथी पुगेको छ ।

बुधबार सुनको मुल्य बढेर प्रतितोला ५४ हजार १ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मुल्य पनि बढेको छ । बुधवार चाँदी प्रतितोला ७ सय १० रुपैयाँ कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL