Logo

बैंकिङ समुहले उचाल्यो नेप्से, १३ अंकले बढ्दा पौने ५५ करोडको कारोवार

बैंकिङ समुहले उचाल्यो नेप्से, १३ अंकले बढ्दा पौने ५५ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक १२ दशमलव ७३ अंकले बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुुचक १ हजार ३ सय ७५ अंकमा पुगेर अडिएको छ ।

बजारमा बैंकिङ समुह बढ्दा समग्र नेप्से परिसुचक उकालो लागेको हो । बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुुचक १५ दशमलव २ अंकले उकालो लागेको छ । यसैगरी, उत्पादनमुलक समुह ८२ अंकले बढेको छ । मंगलबार होटल र बजार समुह वाहेक सवै समुहका परिसुचक उकालो लागेका छन् ।

दिनभर कुल १ सय २४ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ५४ करोड ७१ लाख रुपैयाँ बरावरको ९ लाख ८६ हजार कित्ता सेयर खरिदविक्री भएको छ । दिनभर कुनै पनि कम्पनीको ३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोवार भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL