Logo

११ अंकले बढ्यो नेप्से, ४६ करोडको कारोवार, जलविद्युत बाहेक सवै समुह उकालो

११ अंकले बढ्यो नेप्से, ४६ करोडको कारोवार, जलविद्युत बाहेक सवै समुह उकालो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक करिव ११ अंकले उकालो लागेको छ । सो दिन नेप्से १० दशमलव ९९ले बढी १ हजार ३ सय ६२ मा पुगेर बजार बन्द भएको हो ।

सोमवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ९२ दशमलव १७ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक १७ दशमलव ९७, अन्य ११ दशमलव ७४ र बैंकिङ समुहको परिसुचक ८ दशमलव ६३ अंकले उकालो लागेको छ ।

त्यसैगरी फाइनान्स, होटल र उत्पादन समुहको परिसुचक क्रमशः २ दशमलव २१,दशमलव १ र १ अंकले बढेको छ । यता जलविद्युत समुहको परिसुचक भने १९ दशमलव ६१ अंकले ओरालो लागेको छ । सोमवार १ सय २७ कम्पनी कारोवारमा आएका थिए ।

ती कम्पनीको ७ लाख ४५ हजार कित्ता सेयरबाट ४६ करोड ४४ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL