Logo

नेप्से ४ अंकले घट्दा साँढे ५२ करोडको कारोवार,बीमा र विकास बैंकले बढी गुमाए

नेप्से ४ अंकले घट्दा साँढे ५२ करोडको कारोवार,बीमा र विकास बैंकले बढी गुमाए


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ३ दशमलव ९४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ५१ दशमलव ५४ अंकमा झरेर बन्द भएको छ ।

धितोपत्रले नेप्से अस्वभाविक रुपमा बढेको भन्दै लगानीकर्तालाई सजग रहन दोश्रो पटक निर्देशन दिएपछि नेप्से घटेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ५३ दशमलव ४३ अंकले घटेको छ ।

त्यस्तै विकास बैंक १३ दशमलव ८२, जलविद्युत १३ र अन्य समुह ५ दशमलव ८७ अंकले घटेको हो छ । त्यसैगरी बैंकिङ र फाइनान्स समुहको परिसुचक क्रमशः ० दशमलव ६३ र ० दशमलव १७ अंकले ओराला लागेको छ ।

यता उत्पादन र होटल समुहको परिसुचक भने ३० दशमलव ०९ र २७ दशमलव २४ अंकले बढेको छ ।

सो दिन १ सय २७ कम्पनी कारोवारमा आएका थिए । ७ लाख कित्ता सेयरबाट ५२ करोड ६७ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL