Logo

हुण्डाइ नेपालले पायो सेल्स एक्सिलेन्ट अवार्ड, ३५ देशलाई पछाडि पार्यो

हुण्डाइ नेपालले पायो सेल्स एक्सिलेन्ट अवार्ड, ३५ देशलाई पछाडि पार्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हुण्डाई मोटरको नेपालस्थित आधिकारीक विक्रेता लक्ष्मी इण्टरकन्टीनेन्टलले सन् २०१५ को ‘सेल्ल एक्सिलेन्ट अवार्ड’ प्राप्त गरेको छ । हुण्डाइको अघिल्लो हप्ता न्युजिल्याण्डमा भएको एसिया प्यासिफिक डिलर कन्फरेन्समा लक्ष्मी इन्टरकन्टीनेन्टललाई अवार्ड प्रदान गरेको हो ।

hyundai-award

हुण्डाइको एसिया प्यासिफिक डिलर कन्फरेन्समा ३६ वटा राष्ट्रको सहभागिता रहेको थियो । जसमध्ये नेपालाई उत्कृष्ट घोषणा गरिएको लक्ष्मी इन्टरकन्टीनेन्टलका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले जानकारी दिए । लक्ष्मी इन्टरकन्टीनेन्टलले अष्ट्रेलिया, न्युजिल्याण्ड लगायत ३५ राष्ट्रलाई पछि पार्दै उक्त अवार्ड प्राप्त गरेको हो ।

एसिया प्यासिफिकका चीन र भारत भने हुण्डाइको डिलर कन्फरेन्समा सहभागी हुँदैनन् । उनीहरु आफैले हुण्डाईको गाडी उत्पादन गर्ने भएकाले उक्त कन्फरेन्समा नपरेका हुन् ।

लक्ष्मी इन्टरकन्टीनेन्टलले सन् २००९ देखि नेपालमा हुण्डाइको गाडी विक्री गर्दै आएको छ । प्यासेन्जर भेइकल विक्रीमा हुण्डाइ नेपालमा पनि अग्रपंतीमा रहेको छ ।

हुण्डाईले नेपाली बजारमा ग्राहकहरुको माग अनुसार नयाँ–नयाँ मोडलमा गाडीहरु सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL