Logo

रियलमीको दशै अफर : ‘उत्सवको बहार, हरेक दिन उपहार’

रियलमीको दशै अफर : ‘उत्सवको बहार, हरेक दिन उपहार’



काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको पावन अवसरमा ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ । असोज १० गतेबाट रियलमी क्याम्पियन डटकममा शुरु हुने यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभि, वाशिङ मसिनलगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सक्नेछन् । २०२२ को दोश्रो चौमासिकको सर्वेक्षण अनुसार नेपालकै सर्वोत्कृष्ट मध्य तेश्रो स्मार्टफोन ब्रान्ड हुन सफल रियलमीले आफ्ना उत्पादनहरु मार्फत उपभोक्ताहरुलाई नवीनतम प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको छ ।

चाडपर्व लक्षित यस अफरको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘रियलमी सँधै नवीनतम प्रविधिहरु ल्याउन अग्रसर छ र हाम्रा उपभोक्ताहरुले पनि यसलाई मन पराइरहनुभएको छ । यो माया र साथको लागि हाम्रा उपभोक्ताहरुलाई हृदयदेखि नै धन्यवाद दिँदै वहाँँहरुको लागि पनि हामीले हाम्रो तर्फबाट केही विषेष उपहारहरु दिन गईरहेका छौँ । हामीलाई आशा छ हाम्रो यो सानो प्रयासले वहाँँहरुको चाडपर्वको माहोल अझै रमाइलो हुनेछ ।’ यस योजना अन्तर्गत असोज १० गते देखि गते कार्तिक १४ सम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरु छानिनेछन् । यस योजनामा सहभागि हुनको लागि रियलमी क्याम्पियन डटकममा गएर आफ्नो नाम, फोन नम्बर, आफुले खरिद गरेको स्मार्टफोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ ।

यसरी छानिएका विजेताहरु मध्ये हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको द्धप टिभि जित्न सक्नेछन् । यो अफर असोज १० गते देखि कार्तिक १४ सम्म खरिद गरिएका बजेट इन्टर्टेनर सी सिरीज, गेमिङ–केन्द्रित नार्जो सिरिज, अलराउन्डर नम्बर सिरिज,इनोभेटिभ जिटि सिरीज लगायत सबै रियलमी स्मार्टफोनहरूमा लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL