Logo

एलजीले ल्यायो स्मार्ट सेलिब्रेसन योजना, घरायसी सामाग्रीहरुमा नगद छुट

एलजीले ल्यायो स्मार्ट सेलिब्रेसन योजना, घरायसी सामाग्रीहरुमा नगद छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एलजीले नयाँ बर्ष लक्षित गर्दै ‘एलजी स्मार्ट सेलिब्रेसन योजना’ ल्याएको छ। एलजीका हरेक सामग्रीको खरिदमा निःशुल्क उपहार दिने कम्पनीले जानकारी दिएको छ ।

योजना अन्तर्गत एलजीको ४३ इन्च वा सो भन्दा माथिको टिभीको खरिदमा १७ हजार सातसय ९० रुपैँयाको एलजी साउण्ड बार निःशुल्क प्राप्त गर्न सकिने एलजिको नेपालका लागि आधिकारीक विक्रेता चौधरी ग्रुपले जानकारी दिएको छ ।

त्यस्तै ४२ इन्चको थ्रिडी स्मार्ट टिभीको खरीदमा १५ हजार ७सय ९० रुपैँयाको एलजी होम थिएटर सित्तैमा पाउने कम्पनीले जनाएको छ।

त्यसैगरी ४३ इन्च वा सो भन्दा माथिको एलइडी टिभिको खरिदमा ५ हजार १सय ९० रुपैँयाँको डिभिडी प्लेयर, ३२ इन्च वा सो भन्दा माथिको स्मार्ट टिभिको खरिदमा ५ हजार ९० रुपैँयाको एलजी म्याजिक मोसन रिमोट, ३२ इन्चको एलइडी टिभिको खरिदमा ३ हजार चालिस मूल्यको सिजी मोवाइल र एलजी गेम रिमोट निःशुल्क पाउने जानकारी दिएको छ ।

कम्पनीका अनुसार ग्राहकले ३२ इन्चको एलइडी टिभि एलएफ ५१० मोडेलको खरिदमा १हजार ४ सय ९० रुपैँयाको गेम रिमोट, २२ र २४ इन्चको एलइडी टिभिको खरिदमा १ हजार चारसय ९० रुपैयाँको गेम रिमोट निशुल्क पाउने कम्पनीले जानकारी दिएको छ । एलजीको साइड बाइ साइड रेफ्रिजेरेटर,डिसवासरलगायतको खरीदमा पनि उपहार राखिएके छ ।

यो योजना चैत्र १९ देखि सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL